दफा ११
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको गठन
(१) दफा ७ बमोजिम गठन हुने काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तर्पmबाट सम्पादन गर्नु पर्ने सम्पूर्ण काम कारबाही सुचारुरुपले सम्पादन गर्न एक कार्यकारी समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहनेछन् ः–
(क) प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी), भौतिक योजना तथा
निर्माण मन्त्रालय – सदस्य
(ख) काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका प्रमुखहरु – सदस्य
(ग) ……………………….
(घ) प्रतिनिधि, उद्योग वाणिज्य महासंघ – सदस्य
(ङ) समितिले मनोनयन गरेको काठमाडौं उपत्यकामा कार्यरत
उपभोक्ता संघ संस्थाको प्रतिनिधि – सदस्य
(च) समितिले मनोनयन गरेको बोर्डको भौगोलिक क्षेत्रभित्र
खानेपानी वा सरसफाई सेवासँग सम्बन्धित संस्थाको प्रतिनिधि – सदस्य
(छ) खानेपानी तथा सरसफाई सेवा क्षेत्रका विज्ञहरुमध्येबाट
समितिले मनोनयन गरेको एकजना – सदस्य
(३) समितिका सदस्यहरुको पदावधि, अध्यक्षको चयन, समितिमा महिलाको प्रतिनिधित्व तथा समितिको सचिवसम्बन्धी व्यवस्था दफा १० मा लेखिएबमोजिम हुनेछ ।